एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।


उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!