एमालेका सुहाङसँग कांग्रेस उम्मेदवार ३३ सय ५७ मतले पछि

Posted on: 29 Apr, 2024

बैशाख १७, इलाम | इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले  ३३ सय ५७  अग्रता कायम राखेका छन्। नेम्वाङ १० हजार ४ सय १९ मत प्राप्त लिड गरिरहेका छन्। 

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ७ हजार ६२ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत प्राप्त गरेका छन्। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४५१ मत प्राप्त गरेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!