संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार बनाउने कांग्रेस संसदीय दलको निर्णय

Posted on: 06 Jul, 2024

असार २२, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै नयाँ सरकार बन्ने दाबी गरेको छ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमतिअनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६(२) बमोजिम गठन हुने दाबी गर्दौ स्वागत गरेको छ ।

बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेसका एक नेताले जानकारी दिए। 

कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनाउने सहमति भइसकेकाले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!