एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ?

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ |  नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बाढीको बेला काठमाडौँ महानगर प्रमुख बालेन शाहले नगर प्रहरी परिचालन नगरेको भन्दै आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले बालेन सस्तो लोकप्रियतामा लागेको बताए । 


उनले भने– ‘सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ? सस्तो लोकप्रियताले मात्र केही हुँदैन ।’  उनले बाढी गएका बेला प्रधानमन्त्री अमेरिका बस्यो भनेर हौवा फैलाएको बताउँदै उताबाट आउनै ३ दिन लाग्ने कुरा किन नबुझेको भन्दै प्रश्न गरे । 

उनले हाइवे खोलाको किनारबाट बनाएका कारण बढी क्षति भएको बताए ।  उनले भने– ‘नाम नै हाई वे अर्थात अग्लो ठाउँबाट बाटो हुनुपर्ने, तल तलबाट बाटो बनाएपछि क्षति हुँदैन त ।’  उनले मौसमविद्ले भने पनि नभने पनि बर्सादका बेला र हिउँदमा आगलागी हुने बेला पूर्वतयारी हुनुपर्ने बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!