चुरे संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सांसद पौडेलको माग

Posted on: 23 Jun, 2024

असार ९, काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनि आधार बनाएर सुनिस्चित गर्नुपर्ने मा जोड दिए ।

चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौं दिनदेखि आन्दोलन भैरहेको भएपनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको बताए । 

उनले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन माग गर्दै अहिलेसम्म चुरे संरक्षणको नाममा १५ अर्ब खर्च भएपनि यसमा कुनै प्रगति नभएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!