सिरोहियासँग कुनै रिसइबी छैन, निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ - प्रधानमन्त्री

Posted on: 22 May, 2024

जेठ ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।

उनले भने-

'सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के को रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!