मनोनयन दर्ता गर्न जादै सुहाङ नेम्वाङ

Posted on: 06 Apr, 2024

चैत २४, काठमाडौँ । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् ।

मनोनयन दर्ता गर्न जानु अघि सुहाङले  भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए ।

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २ मा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी केन्द्रले समर्थन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!