आजको पञ्चाग: कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

Posted on: 02 Nov, 2021

कात्तिक १६, काठमाडौं | 

आजको पञ्चाग: १६ कात्तिक, कात्तिक कृष्णपक्ष  द्वादशी । मध्यान्तरपछि त्रयोदशी प्रदोषव्रत, धनत्रयोदशी(धन्तेरस) आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती ।

तद्अनुसार २ नोभेम्बर, मंगलबार । उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा कन्या राशिमा, वैधृति योग, तैतिल करण छ ।

मंगलबार सूर्योदय बिहान ६:१६ मिनेट र सूर्यास्त १७:१७ मा छ । बिहान ११:२६ देखि १२:१० सम्म अभिजित मुहूर्त छ । दिउँसो २:३४ देखि ३:५७सम्म राहूकाल छ । राहु भनेको अशुभ समय हो । यो समयावधिमा कुनै प्रकारको शुभकार्य सुरु गर्न वर्जित छ । 

अभिजित मुहूर्त शुभ मानिन्छ । यो समयमा पूजाआराधना गरे मनोकाक्षा पूरा हुनेछ । तपाईँले कुनै पनि कार्य शुभ समय र शुभ मुहूर्तमा गर्दा सिद्ध हुनेछ, पूर्ण हुनेछ भन्ने शास्त्रीय मान्यता छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशी भएकाका लागि मंगलबार मनमा प्रसन्नाता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्दा राम्रो हुन्छ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

मन अशान्त, अध्ययन अध्यापनमा रुचि कम हुनेछ । आजको दिन कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्न सक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी छैन । यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएकाका लागि आजको दिन मौन रहनु बेस हुनेछ । आफ्ना मित्रमण्डली र व्यापारव्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा बेस हुनेछ ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईँको लागि आजको दिन अनुकल छ । धनप्राप्तिको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति राग राख्ने मित्रसमेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । केही मित्रले सापट लिएका धनसमेत फिर्ता हुने सम्भावना छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्राे हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि र चन्द्रमाको साथ भएकाले मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मानसमेत मिल्नेछ । तपाईँले गरेका कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने तपाईँको मनमा प्रशन्नता छाउनेछ । 

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

समय अनुकूल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार  बढ्नेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशी भएकाकाले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। 

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशी भएकाकाले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईँले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन अनुकूल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाइ हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) 

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरका सदस्यलाई कुनै नयाँ बस्त्र खरिद गरेर दिनुभयो भने उत्साह थपिने छ । आकस्मिक धनलाभ व्यापारव्यवसायबाट पनि फाइदा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!