लङजम्पमा जयरानीलाई स्वर्ण पदक

Posted on: 18 Oct, 2022

कात्तिक १, काठमाडौँ | नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् ।


मंगलबार नै व्यक्तिगत उत्कृष्ट नतिजा निकालेकी निशाले ५.४९ मिटरसहित रजत पदक जितिन् । यसअघि कीर्तिमान बनाएकी निशाले त्योभन्दा उत्कृष्ट नतिजा निकाले पनि स्वर्ण जित्न सकिनन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले ५.३१ मिटरसहित कास्य पदक जितेकी छन् ।

जयरानीको जारी नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डमा यो तेस्रो स्वर्ण पदक हो । यसअघि सोमबार बिहान उनले महिला १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । आइतबार बिहान जयरानीले महलिा ४०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!