५० वर्ष माथिका नागरिकहरुको वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

Posted on: 11 Mar, 2022

फागुन २७, काठमाडौँ । सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको वर्षको एकपटक मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । 

यस्तै, बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ । सो अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको जनाएको छ । यस्तै, आफ्नो मृत्यु पश्चात शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रीपरिषद बैठकले गरेको छ । स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!