दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

Posted on: 04 Mar, 2022

फागुन २०, काठमाडौँ । दक्षिण कोरियामा गत  २४ घण्टामा थप  २ लाख ६६ हजार ८५३ जनामा  कोरोना सङ्क्रमण देखा परेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना सङ्क्रमण भएको थियो । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ ।  

यहाँ ५९ हजार २६९ जनामा कोरोना सङ्क्रमण भएको थियो । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ सङ्क्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन् ।  गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ । 

कोरोना सङ्क्रमणको कारण थप १८६ मृत्युको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या  ८ हजार ५८० पुगेको छ । कुल मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।  देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ खोप लगाएका छन् ।  पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!