धादिङमा एपेन्डिसाइटिस सेवा सुरु

Posted on: 02 Mar, 2022

फागुन १८, धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ । 

अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो । 

धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताउनुभयो । पेट दुखेर अस्पताल आउनु भएका बिरामीको एपेन्डीसाइटिस डाइग्नोसिस भई ओपन एपेन्डेक्टोमीको शल्यक्रिया गरिएको थियो ।

एपेन्डिसाइटिसको मेडिकल सर्जन डा शङ्करराज लामिछाने, डा रामचन्द्र रिजाल, स्टाफ नर्स रुवि श्रेष्ठ, अनमी सुरुची लामा र सहयोगी सञ्जु रिजालको टिमले शल्यक्रिया गरी सफल भएको डा लामिछानेले बताउनुभयो ।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेकाले घर पठाइएको छ । धादिङ अस्पतालमा एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिल, जटिल प्रसूति शल्यक्रिया सेवासमेत सञ्चालन हुँदै आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!