तान्जानियामा खेतबारीको काम गर्ने क्रममा चट्याङ लागेर सात किसानको मृत्यु, १४ जना घाइते

Posted on: 28 Feb, 2022

फागुन १६, काठमाडौँ । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ ।  साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ । रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै आएको चट्याङले ङ्कसी जिल्लाको लुवा गाउँमा पाँच किसानको ज्यान गएको बताएका छन् । 

आफ्नो खेत रोप्ने क्रममा चट्याङ लागेर पाँच जना किसानको मृत्यु भएको एक पत्रकार सम्मेलनमा मवाम्पघालेले बताएका छन । किसानहरुको एक समूहले आश्रय लिएका झुपडीमा चट्याङ लागेर अन्य १४ जना घाइते भएका छन् ।

अर्को छुट्टै घटनामा शनिबार साँझ सोही गाउँमा खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर एक पुरुष र उनको छोराको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!