बुस्टर डोज लगाउनुअघि बुझ्नुपर्ने कुराहरु

Posted on: 16 Feb, 2022

फागुन ४, काठमाडौँ । कोरोनाको तेस्रो लहरबाट जोगिन अहिले बुस्टर डोज लगाउने क्रम जारी छ । कोरोनाविरुद्धको भ्याक्सिनको दुवै डोज लिइसकेकाहरुलाई यो बुस्टर डोज दिइँदै छ । यद्यपि अहिले ६० वर्ष कटेका, हेल्थ केयर तथा फ्रन्टलाइन वर्कर्सलाई मात्र यो बुस्टर डोज उपलब्ध छ । बुस्टर डोज लगाउनेहरुले केही कुरामा ध्यान दिन जरुरी छ । बुस्टर डोज लिँदा भ्याक्सिनको दोस्रो डोज र बुस्टर डोजबीच ९ महिनाको फरक हुनुपर्छ ।

किन जरुरी छ बुस्टर डोज ?

अनुसन्धानहरुका अनुसार बुस्टर डोजले एन्टिबडीको लेबल बढाउँछ भने बुस्टर डोजपछि इम्युनिटी पहिलेको तुलनामा अझ मजबुत हुन्छ । तर यसको अर्थ कोरोनाको जोखिम समाप्त हुन्छ भन्ने होइन । तैपनि बुस्टर डोजले कोरोनाक‍ो नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम निकै कम गर्छ ।

कसले पाउनेछन बुस्टर डोज ?

बुस्टर डोज हाललाई हेल्थ वर्कर तथा फ्रन्टलाइन वर्करलाई दिइएको छ जसले कोरोनाविरुद्धको दुवै डोज भ्याक्सिन लगाइसकेका छन् । यसैगरी ६० वर्ष कटेका, दीर्घरोगीहरु पनि बुस्टर डोजक‍ो प्राथमिकतामा छन् ।

कुन भ्याक्सिनमा कुन बुस्टर डोज ?

अहिले पहिले जुन भ्याक्सिनको दुई डोज लगाएको त्यही भ्याक्सिन बुस्टर डोजका रुपमा लगाइँदै छ । यदि पहिले कोभिसिल्डको दुई डोज लगाइएको छ भने बुस्टर डोजका रुपमा कोभिसिल्ड खोप नै लगाइन्छ ।

कति दिनपछि लगाउने बुस्टर डोज ?

कोरोनाविरुद्धको खोपको दोस्रो डोज र बुस्टर डोजबीच ३९ साता अथवा ९ महिनाको अन्तर हुन जरुरी छ ।

कुन रोगका बिरामीले लिन हुन्छ बुस्टर डोज ?

कुनै गम्भीर रोगका पीडित भए पनि बुस्टर डोज लिन सकिन्छ । कार्डियोभास्कुलर डिजिज, स्टेम सेल ट्रान्सप्लान्ट रेसिपिएन्ट, क्यान्सर, सिकल सेल, डाइबिटिज, किड्नी डिजिज आदिका पीडितले बुस्टर डोज लगाउन सक्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!