पछिल्लो २४ घण्टामा ५२१ मा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

Posted on: 13 Feb, 2022

फागुन १, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५६ हजार १२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियुमा १८१ रहेको छ । होम आइसोलेशनमा २१ हजार ६९२, संस्थागत आइसोलेशनमा ८९२ र क्वारेन्टिनमा ११८ रहेका छन् । काठमाडौँ उपत्यकामा आज १५० मा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा सात हजार ९७, ललितपुर ४४ र भक्तपुरमा नौ जनामा सङक्रमण देखिएको छ । 

हाल देशभर कूल तीन करोड ५३ लाख १५ हजार ७१५ खोप लगाइएको मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!