आज देशभर १ हजार ९५७,उपत्यकामा ४५१ संक्रमित

Posted on: 08 Feb, 2022

माघ २५, काठमाडौँ | आज देशभर १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५१०३ जना निको पनि भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५९२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस्तै, २ लाख ७३ हजार ३४९ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

यता थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । देशभर ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उपत्यकामा ४५१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० संक्रमित थपिएका हुन्।

यसैगरी काठमाडौं उपत्यकामा १६ हजार ८२९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८९४२, ललितपुरमा ५२८३ र भक्तपुरमा २६०४ सक्रिय संक्रमित छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!