बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

Posted on: 07 Feb, 2022

माघ २४, काठमाडौँ | बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्नुहुने भएको छ । यही फेब्रअरी १० मा उहाँले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ । 

विषेश गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उहाँले रुसको भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिनुभएको थियो । तर त्यतिबेला उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो । 

बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!