थप १ हजार ३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

Posted on: 06 Feb, 2022

माघ २३, काठमाडौँ | गत चौबीस घण्टामा नेपालमा थप १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २०३ जना गरि कुल १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८१४ पुगेको छ ।

नेपालमा गत चौबीस घण्टामा थप ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ९ हजार ३४३ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट जम्मा ७९ हजार ९५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!