पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ संक्रमित, काठमाडौँमा १ हजार ३६१ संक्रमित

Posted on: 01 Feb, 2022

माघ १८, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र  १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!