संक्रमण घटेको होइन, परीक्षण गराउनै नगएका हुन् !

Posted on: 31 Jan, 2022

माघ १७, काठमाडौँ | कोरोना भाइरस संक्रमणको ग्राफ घटेको जस्तो देखिए पनि जोखिम उस्तै रहेको विज्ञहरुले जनाएका छन् । अहिले मानिसहरुमा संक्रमण कायमै रहेपनि सामान्य मानेर चेक नगराई घरमै बस्नेहरुको कारण कोरोना संक्रमण घटेजस्तो देखिएको बताइएको छ । 

मानिसहरुमा लक्षण छ । रुघाखोकीको लहर पनि छ । तर, धेरै मानिसहरु परीक्षण गर्न नगई घरमै बसेको कारण कोरोना संक्रमित घटेको जस्तो देखिएको बिज्ञहरुको भनाई छ । संक्रमितहरुले परीक्षण नगरेकै कारण तथ्यांक यकिन नभएको हो । जटील नबन्दासम्म चेक गर्न वा अस्पताल नजाने गरिएको छ । सामान्य लक्षण भएकाहरुलाई समेत सरकारी अस्पतालमा समेत कोरोना चेक गरेको शुल्क लिने गरेको कारण पनि मानिसहरु परीक्षण गराउन जाँदैनन् । 

सरकारले मापदण्ड पुगेकाहरुलाई परीक्षण शुल्क निशुल्क भने पनि कतिपय अस्पतालमा लक्षण देखिएकाहरुको समेत कोरोना परीक्षण शुल्क लिने गरेको गुनाशो छ ।  

विज्ञहरुकै कुरालाई आधार मान्ने हो भने पनि जुन दरमा संक्रमण फैलिरहेको छ त्यो दरमा परीक्षण नै भएको छैन । यसै कारण कोरोनाको ग्राफ घटेको भन्नु मुर्खता हुने बताइएको छ । परीक्षणकै कारण समुदायमा कोरोनाको जोखिम बढिरहेको

 छ । 

सरकारले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ५४ जनाको कोरोना परीक्षण भएको थियो । जसमध्ये ३ हजार ५ सय ४० जनालाई कोरोना लागेको पुष्टि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!