सेयर बजारमा भारी गिरावट, लगानीकर्ता चिन्तित

Posted on: 26 Jan, 2022

माघ १२, काठमाडौँ | सेयर बजारमा भारी गिरावट आएको छ ।

बुधबारको कारोबारमा बजार मापन गर्ने इन्डेक्ससँगै करोबार रकम पनि घटेको छ । इन्डेक्ससँगै निरन्तर कारोबार रकम घट्दा बजार कता जाँदैछ भन्ने तर्फ लगानीकर्ता चिन्तित बन्न थालेका छन् ।

बुधबार बजार मापन गर्ने सूचक ३८.४५ अंकले घटेर परिसूचक २७७६.६१ बिन्दूमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.५६ अंकले घटेर ५१८.३८ बिन्दूमा रोकिएको छ ।

२३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा किनबेच भएको छ । यो दिनको कारोबारमा अधिकाँश समूहको उपसूचकमा गिरावट देखिएको छ ।

बैंकिङ समूहको २२.७६, विकास बैंक ८३.६२, फाइनान्स ५९.०७, जलविद्युत ५२.४०, जीवन बीमा २७७.६५, माइक्रोफाइनान्स ६३.१२, निर्जीबन बीमा समूहको उपसूचक १४२.५४ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि २ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाईड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!