आगामी तीन दिनको मौसम कुन-कुन ठाउँको कस्तो ?

Posted on: 24 Jan, 2022

माघ १०, काठमाडौँ | सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । यस्तै सोमबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ।

प्रदेश १, मधेस, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी मंगलबार दिउँसो देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ।

मंगलबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!