उपत्यकामा मात्रै ३ हजार ७९१ जनामा कोरोना संक्रमण

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!