थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!