एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।

केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई पहिलो पटक कोरोना संक्रमण पृष्टि भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!