२४ घण्टामा थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

Posted on: 22 Jan, 2022

माघ ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ। २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो। देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

त्यस्तै, १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ छ। यस्तै ७०८ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको छ। यस्तै कोरोनाबाट निको हुनेको दर ९०.७ प्रतिशत छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!