दिर्गाकलिन रहने दिमागसँग जोडिएका ओमिक्रोनका यी लक्षणहरु

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि, निन्द्रा खराब हुने र कुनै काम पनि राम्रोसँग गर्न मन नलाग्ने जस्ता समस्या देखिने शोधकर्ताहरुले दाबी गरेका छन् ।

अहिले ओमिक्रोनको लक्षण प्रत्येक व्यक्तिमा फरक–फरक देखिएका छन् । नयाँ अनुसन्धान अनुसार ओमिक्रोनको एक लक्षण केही महिनासम्म रहन्छ । यो कम हुनलाई वर्षौ लाग्ने बताइएको छ । यसको कारण व्यक्तिको काममा असर पर्ने देखिएको छ । शोधकर्ताहरुले ‘ब्रेन फाँग’बाट यो लक्षणको पहिचान गरेका हुन् । ब्रेन फाँगको असर चेतनामा पर्छ । यो अध्ययन अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताले गरेका हुन्।

उनीहरुको अनुसार संक्रमित व्यक्तिहरुलाई कुनै लक्षण नदेखिएपनि ब्रेन फाँग देखिएको छ । संक्रमण भएका व्यक्ति ६ देखि ९ महिनापछि सामान्य स्थितिमा फर्किएको शोधकर्ताहरुले दाबी गरेका छन् । लामो समयसम्म संक्रमित हुने व्यक्तिलाई खोकी, मुटुको अनियमित धड्कन, मासंपेशी दुख्ने, अनिन्द्रा जस्ता लक्षणसँगै ब्रेन फाँग हुन सक्छ । ब्रेन फाँगले काम गर्ने इच्छा हराउछ भने एकाग्रतामा कमी, निन्द्रा नलाग्ने, कुनै पनि काम राम्रोसँग गर्न मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यो अनुसन्धान १३६ जनामा गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!