एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा काेराेना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ । कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!