सन्दीप र करणको उत्कृष्ट बलिङमा ओमान १२१ रनमै अलआउट

Posted on: 19 Sep, 2021

असोज ३, काठमाडौँ | बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ओमानले १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमै १ सय २१ रन मात्र बनाएर अलआउट हुन पुग्यो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । बाँकी कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

यस अघिको खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले आजको खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरेर आउट भए । उनि आउट भएपछि ओमानले लगातार विकेट गुमाउन पुग्यो ।

नेपालका सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए भने करण केसीले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । अहिले नेपाल ओमानले दिएको १ सय २२ रनको सामान्य लक्ष्य भेट्ने क्रममा ब्याटिङ गर्दैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!