काठमाडौंमा चिनियाँ खोप जेठ २५ देखि २९ गतेसम्म लगाइने

Posted on: 07 Jun, 2021

जेठ २४, काठामाडौं। चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ५ दिनसम्म लगाइने भएको छ । मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!