युएइ सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग

Posted on: 02 Jun, 2021

जेठ १९, काठमाडौँ | कोभिड-१९ संक्रमण नियन्त्रण गर्ने कार्यमा नेपालको प्रयासलाई युएई सरकारले पनि सहयोग गरेको छ । युएइ सरकारले नेपाललाई भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको हो ।

कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि सहयोगी हुने उक्त सामग्रीहरू एक विशेष विमानमार्फत आजै नेपाल ल्याइएको छ ।

युएइ सरकारले सन् २०२० को अप्रिलमा पनि नेपाललाई यस्तै सहयोग गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!