सुटिङ सेटमै आत्महत्या गरिन् भारतीय अभिनेत्री तुनिषाले, कोस्टार शिजन पक्राउ

Posted on: 25 Dec, 2022

पुस १०, काठमाडौँ । भारतीय अभिनेत्री तुनिषा शर्माले सुटिङ सेटमै आत्महत्या गरेकी छिन्। आत्महत्याको मुद्दामा उनका को-स्टार शिजन खानलाई पक्राउ गरिएको छ।

ठाणे जिल्लाको वालीव प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो। उनीविरुद्ध सोही आरोपमा आइपीसी धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।


उनलाई सोमबार अदालत पेस गर्ने बताइएको छ। शनिबार सुटिङका क्रममा तुनिषाले आत्महत्या गरेकी थिइन्। ब्रेकको समयमा मेकअप रुममा गएकी उनी त्यहीँ आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन्।

तुनिषाले कैटरिना कैफको फिल्म ‘फितुर’मा उनको बालकाल्यको भूमिका निर्वाह गरेकी थिइन्। ‘अलीबाबा दास्ताने काबुल’मा शाहजादी मरियमको भूमिका गरिरहेकी थिइन्। ‘बार बार देखो’, ‘कहानी-२’, ‘दबंग-३’ जस्ता फिल्ममा बालकलाकारका रुपमा उनले काम गरेकी छिन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!