द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि करण राईलाई

Posted on: 23 Dec, 2022

पुष ८, काठमाडौँ । तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि करण राईले जितेका छन् । शुक्रबार राति भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै राईले उपाधि रक्षा गरेका हुन् । बिजेता राई राजु लामाको टिमबाट हुन् ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुन र ग्यालेक्सी जेड फोल्ड फोर मोबाइल फोन पुरस्कार प्राप्त गरेका छन् ।


त्यस्तै राजेश पायल राईको टिमबाट सविना योङहाङ रनर अप भएकी छन् । त्यस्तै प्रमोद खरेलको टिमबाट योगेश मगर सेकेन्ड रनर अप भए भने प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु चौथो भए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो । 

फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा थिए । प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिडेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!