भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज

Posted on: 23 Dec, 2022

पुस ८, काठमाडौँ | टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई)बाट सविना योङहाङ, टिम राजु (राजु लामा)बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी)बाट शाइल लिम्बू छन् ।


दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनोटपछि १२० जनाले ब्लाइन्ड अडिसनमा प्रस्तुती दिएका थिए । ब्लाइन्ड अडिसनमा छानिएका ६४ जना प्रतिभा ब्याटल, लाइभ हुँदै फाइनलमा पुगेका हुन ।

फिनालेको क्रेज सर्वसाधारणमाझ मात्र होइन, नेतामाझ पनि उत्तिकै छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले नेता योगेश भट्टराईदेखि धरानका मेयर हर्क साम्पाङसम्म भ्वाइसको क्रेज देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!