ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा रहेको फिल्म ‘विक्रम वेधा’ मा वास्तविक पेस्तोल

Posted on: 23 Sep, 2022

एजेन्सी | अभिनेता ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु फिल्मको व्यग्र प्रतिक्षामा छन् । यो फिल्ममा पहिलोपटक ऋतिक र सैफ स्क्रिन सेयर गर्दैछन् ।

फिल्ममा ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । फिल्मकै लागि सैफले धेरै मेहनत गरेका छन् । उनले वास्तविक पेस्तोलसँगै फिल्मको सुटिङ पुरा गरेका छन् ।

Vikram Vedha Full Movie | Saif Ali Khan, Hrithik Roshan, Radhika Apte,  Rohit Saraf | Facts & Review - YouTube

फिल्मका निर्देशक पुष्कर–गायत्रीका अनुसार चरित्रमा आफूलाई ढाल्नका लागि सैफले वास्तविक बन्दुकका साथ ट्रायल सुटिङ पुरा गरेका थिए । एक दबंग प्रहरी अधिकृतको भूमिका निभाउनका लागि उनले शारीरिक हाउभाउमा धेरै ध्यान दिएका छन् । जुन कुरा दर्शकले फिल्म हेरेर अनुभव लिनेछन् ।

यो फिल्म सन् २०१७ मा रिलिज तमिल फिल्म ‘विक्रम वेधा’ को अफिसियल हिन्दी रिमेक हो । तमिल फिल्ममा आर माधवन प्रहरी अधिकृत ‘विक्रम’ र विजय सेतुपति ग्याङस्टार ‘वेधा’ को भूमिकामा थिए ।

फिल्मले तमिल बक्सअफिसमा बम्पर कमाई गरेको थियो । ११ करोड बजेटमा बनेको फिल्मले ७० करोडको व्यापार गरेको थियो । फिल्म सेप्टेम्बर ३० मा रिलिज हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!