न्याय र सुरक्षाको माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठान, जापान शाखामा उजुरी

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ । लोक तथा दोहोरी गायिका अमृता श्रीपालले आफुलाई जापानमा बोलाएर आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।


गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन् ।

गायिका थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा एक निवेदन लेख्दै आफुलाई थापाले यातना दिएको बताएकी हुन् । प्रतिष्ठान अध्यक्ष सूर्य खड्कालाई सम्बोधन गरेर लेखिएको निवेदनमा थापाले आफुलाई मानसिक पीडा, चरित्र हत्या र भौतिक आक्रमण समेत गरेको उनले निवेदनमा बताएकी छन् ।

उनले आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन शाखालाई आग्रह गरेकी छन्

उनको निवेदन यस्तो छ :


यस बिषयमा तपाइको प्रतिक्रिया...!