नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै रश्मिका मन्दानाले भनिन्- म तिमीलाई भेट्न चाहन्छु

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ । पुष्पा फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् । 


‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ मन्दानाले भनेकी छन् ।

ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा : द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ । ती बालिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । 

भिडियो:

https://twitter.com/tejAA___/status/1569741311363919877

यस बिषयमा तपाइको प्रतिक्रिया...!