जी-बब र उनका आमाबुबाले हाले एकअर्काविरूद्ध मुद्दा

Posted on: 12 Jun, 2022

जेठ २९, काठमाडौँ | र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

जी-बबका बुबाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एएनटिएफले लागुपदार्थ खुवाएर आफ्नो छोरालाई भेट्न समेत नदिएको बताएका छन्। 


‘अस्ट्रेलिया गयो, त्यसको हिसाब किताब एएनटिएफले देखाएको छैन। सिक्किमको पनि तपाईंको छोराको खातामा हाल्दिएको छौं भने। तिमीहरू पैसासँग मात्र सरोकार गर्छौ भन्न थाले। सरोकार त हाम्रो बच्चासँग पनि छ, पैसासँग पनि छ,’ उक्त सम्मेलनमा जी-बबकी आमाले भनिन्।

‘जी-बबले जति माग्यो त्यति ड्रग्स दिएर राखेका छन्। उसलाई ड्रग्स दियो भने सित्तैमा काम गर्दिन्छ। उसलाई एएनटिएफले पूरै कब्जा गरेको छ। घर समेत आउन दिइएको छैन। जी-बब पूरै नशामा छ। त्यसैले एएनटिएफले जे भन्यो त्यही मानिरहेको छ,’ जी-बबका बुबाले भने।

जी-बबले भने एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आमाबुबाले पैसा चाहिएर उजुरी गरेका बताएका छन्।

‘म बच्चा होइन, २१ वर्ष भइसकेँ, म सबै बुझ्छु। मलाई पहिला आमाले र्‍याप नहान भन्नुहुन्थ्यो। उहाँहरूसँग सम्बन्ध पनि राम्रो छैन। त्यही भएर मैले स्वतन्त्रता चाहियो भनेर मुद्दा हालेको हुँ। तर मेरो आमालाई पैसा चाहिएको हो,’ उनले भनेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!