नायिका करिष्मा मानन्धर पुनः विवादमा

Posted on: 09 Jun, 2022

जेठ २६, काठमाडौँ | नायिका करिष्मा मानन्धर पुनः एकपटक विवादमा तानिएकी छन् । ‘एच’ लेखिएको अर्थात् अस्पतालले प्रयोग गर्ने गाडी चढेपछि उनी विवादमा तानिएकी हुन् ।

करिष्माले अस्पतालको गाडी दुरुपयोग गरिन् ?

‘पैसाले झुटो कुरा किन्न सकिएला । मान्छेको मन जित्न समय र विश्वास खर्चिनुपर्छ, जुन किनेर पाइँदैन’ भन्ने स्टाटससहित सेयर गरेको उनी सवार गाडीको तस्बिरमा ‘एच’ लेखेको स्टिकर देखिन्छ । उक्त स्टिकर देखेपछि उनलाई कमेन्ट बक्समा फेसबुक प्रयोगकर्ताले अस्पतालले प्रयोग गर्ने सिम्बोल दुरुपयोग गरेको हो कि फिल्मको सुटिङ ? भन्दै प्रश्न गरेका छन् ।

दुरुपयोग गरेको आरोप आउन थालेपछि करिष्माले सामाजिक सञ्जालमा पुनः लेखेकी छन्, “हिजो भएको कुरा हो बेच्ने । हाम्रो हस्पिटल हो । हाम्रो गाडी हो । कुनै सहुलियत लिएको होइन । आफ्नो कमाइको पैसा तिरेको छ । जे पायो त्यही भन्यो भने कानुन छ । होस् गर्नुस् ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!