सलमान खानलाई अदालतमा पेश हुन आदेश

Posted on: 24 Mar, 2022

चैत १०, काठमाडौँ । सलमान खान आफ्ना फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन् । सलमानले विभिन्न मामिलामा जेलसम्मको चक्कर काटिसकेका छन । अब हालै सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।

मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ । ती पत्रकारले भनेका थिए, ‘सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोन पनि खोसेका थिए । ’ उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!