पलविरुद्धको अनुसन्धान सकियो, राय सहितको प्रतिवेदन सरकारी वकिलसमक्ष

Posted on: 21 Mar, 2022

चैत ७, काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।

एक १७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको थियो। अनुसन्धान सकेपछि राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!