नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप

Posted on: 20 Mar, 2022

चैत ६, काठमाडौँ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेपछि अभिनेत्री प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को फन्दामा परेकी छन् ।

सामाजिक सञ्जालमा अभिनेत्री कार्कीले तस्बिरसहित क्रिप्टोकरेन्सीको विज्ञापन गरेपछि प्रहरीले आइतबार त्यसबारे बुझ्न ब्युरोमा बोलाएको हो । केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्–‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैर कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!