‘पीर’ को रेकर्ड: पार गर्यो करोड भ्यूज

Posted on: 19 Mar, 2022

चैत ५, काठमाडौं । राजनीतिक उथलपुथलको चर्चा सहित र विवादकै बीच गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा एक करोडको भ्युज पार गरेको छ । छोटो समयमै एक करोड भ्युज भएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको हो ।

गत शुक्रबार युट्यूवमा अपलोड भएको 'पीर' बोलको गीत सात दिन पार गर्दै गर्दा करोड क्लवमा प्रवेश गरेको हो । यसअघि विष्णु माझीले गाएको ‘चरी जेलैमा’ को गीतले सबैभन्दा छिटो करोड भ्युज पाएको थियो । उक्त गीतले १२ दिनमा करोड भ्यूज पाएको थियो ।

गीत अपलोड भएदेखि युट्यूवमा नेपाल १ नम्बरको ट्रेन्डीङमै कायम छ । गीतमा प्रकाश सपुतको रचना, संगीत र स्वर छ । गीतमा माओवादी द्वन्द र हालको अवस्थालाई चित्रण गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!