पल शाह प्रकरण: एक महिला पक्राउ, नायिका रेखा थापाले दिएकी थिईन उजुरी

Posted on: 18 Mar, 2022

चैत, काठमाडौँ । पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । 

वाइवाले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।

सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!