‘२ नम्बरी’ मा पल शाहको ठाउँमा अर्का अभिनेता सौगात मल्लको प्रवेश

Posted on: 16 Mar, 2022

चैत २, काठमाडौँ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले फिल्म ‘२ नम्बरी’मा पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्लको प्रवेश गराउने भएको छ । 

कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको हो ।दुई वर्षअघि छायांकन सुरु गर्दा फिल्ममा पल शाहको मुख्य भूमिका थियो । तर कोरोना महामारीले छायांकन बीचमै रोक्नुपर्‍यो ।

सौगात आबद्ध भएसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले मित्रताको कथा प्रस्तुत गर्नेछ । 

फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।प्रस्तुतकर्ता किरण नेपालीले चैत १५ गतेदेखि फिल्म छायांकन सुरु हुने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!