‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल विवादमामा

Posted on: 13 Mar, 2022

फागुन २९, काठमाडौँ । भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल कानुनी समस्यामा परेका छन् ।अरुणिता र पवनदीपले अक्टोपस इन्टरटेनमेन्ट कम्पनीसँग म्युजिक एल्बम सुटिङ गर्न अस्वीकार गरेपछि कन्नु कम्पनीले अदालतको सहारा लिएको बताइएको छ ।   ‘इण्डियन आइडल–१२’ सकिएको महिनौं बित्दा पनि उनीहरूको लोकप्रियता कम भएको छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छ । 

दुवैमाथि सम्झौतापछि म्युजिक एल्बम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्युजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।

यो सम्झौताअनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरूले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।

यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले धेरै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!