पल शाहका म्यानेजर कृष्ण जोशी प्रहरीको नियन्त्रणमा

Posted on: 11 Mar, 2022

फागुन २७, काठमाडौँ । नायक पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन्। एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि बालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको भन्दै जोशीलाई शुक्रवार पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत लिएको छ।

पल शाहविरुद्ध प्रहरीमा जाहेरी परेपछि उनले केही युट्युब च्यानलमा नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले त शाहको हत्याको समेत योजना बनाएको दाबी गरेका थिए।

जानकारस्रोतका अनुसार जोशीले नाबालिगलाई जाहेरी नगर्दा धम्क्याउने गरेका थिए। जाहेरी दर्ता गरे ज्यानै समेत जानसक्छ भन्दै उनी पलको पक्षमा माहौल बनाउन समेत सक्रिय थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!