महानायक राजेश हमालले गरे काठमाडौंको मेयर हुने इच्छा

Posted on: 10 Mar, 2022

फागुन २६, काठमाडौँ । महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा ब्यक्त गरेका छन् । छिटै प्रसारणको तयारीमा रहेको राजेश हमालसँग एक दिन कार्यक्रम उनले यस्तो इच्छा प्रकट गरेका हुन् ।

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा उनले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।

उनले सार्वजनिक ट्रेलरमा नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै उनले मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडौँ शहरको मेयर बन्नुपर्छ कि क्या हो म ? 

ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि समेत जनाएका छन् ।  ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!