पल शाह प्रकरण: जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

Posted on: 09 Mar, 2022

फागुन २५, काठमाडौँ । पल शाह प्रकरणका बारेमा युट्युबमार्फत अनर्गल वक्तव्यबाजी गर्नेसहित युट्युबर पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ निवासी ५३ वर्षीय हरि उदासी भनिने हरि परियार र विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङको राइनास नगरपालिका स्थायी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

उनीहरूलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले हरि परियारले नेपाल मिडिया नामक युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले पीडित भनिएकी नाबालिगको मानमर्दन र चरित्र हत्या हुने गरि वक्तव्यबाजी गरेको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!