अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

Posted on: 07 Mar, 2022

फागुन २३, काठमाडौँ । बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।

उअहिले नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

                     

केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । स्वास्थ्य अवस्थाको कारण नेपाल आउन नसकेपनि उत्तराखण्डमा चाहिं अमिताभ पुगेका हुन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी लगायतको समेत अभिनय छ । तर तस्वीरमा चाहिं अमिताभले फिल्मबारे खुलाएका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!